Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पर्यटकीय भेडेटारमा फुड फेस्टिबल धमाधम

हाम्रो कोशी आवाज
पुष १७ २०७८, शनिबार
पर्यटकीय भेडेटारमा फुड फेस्टिबल धमाधम

धरानः अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतमा रमाउन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षित गर्ने र बसाई लम्ब्याउने उद्देश्यले पर्यटकीय गन्तव्यस्थलको रूपमा चिनिएको धनकुटाको भेडेटारमा ९ औं फुड फेस्टिवल शुरु भएको छ । शुक्रबारदेखि भेडेटारमा तीनदिने फुड फेष्टिबल शुरु भएको हो ।
होटल एशोसिएसन भेडेटारले अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरेको ९ औं फुड फेष्टिवलको उद्घघाटन प्रदेश १ का भौतिक योजना तथा पूर्वाधार मन्त्री हिमाल कार्कीले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री कार्कीले भेडेटारको पूर्वाधार विकासको लागि प्रदेश सरकार सँधै प्रतिबद्ध रहेको बताए ।
सोहीक्रममा मन्त्री कार्कीले भेडेटार नेपालको प्रमुख गन्तव्य बन्न सक्ने बताए । यसैगरी कार्यक्रममा साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष कुमारजङ्घ याक्खाले भेडाटारको पर्यटनलाई सुदृढीकरण गर्न गाउँपालिका अगाडि बढिरहेको बताए । साँगुरीगढी गाउँपालिका ६ नं वडाअध्यक्ष यामबहादुर मगरले भेडेटारको पर्यटन प्रवद्र्धनमा अझै धेरै गर्न बाँकी भएपनि स्थानिय सरकारको हैसियतले भ्याएसम्म गाउँपालिकाले सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा होटल एशोसिएसन अफ भेडेटारका निवर्तमान अध्यक्ष तथा समाजवादी पार्टी साँगुरीगढीका अध्यक्ष लिलाराज लावती, होटल एशोसिएसन १ नं प्रदेश सचिव बासुदेव बराल, नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साह, नेकपा माओवादी केन्द्र साँगुरीगढीका अध्यक्ष जगत बहादुर राई लगायतले बोलेका थिए । फेस्टिबलमा भेडेटार क्षेत्रमा उत्पादन भएको अर्गानिक खानेकुरा, कृषि, घरेलु उत्पादनको प्रर्वद्धन तथा स्टलहरु छन् । तीनदिन साँझ साँस्कृतिक कार्यक्रम हुने पनि आयोजकले जनाएको छ ।
‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ फेस्टिबल आयोजना हुन लागेको होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । फेस्टिबलमा स्थानीय जातीय (राई, लिम्बू, मगर, तामाङ र नेवारी) खानेकुराहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ । यस्तै, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेले उत्पादनको प्रदर्शनी रहनेछ ।
कोरोना कहरपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धिसँगै भविष्यमा यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थान लागि पर्यटन, होटल व्यवसाय, होमस्टे, यहाँ रहेका व्यवसायीहरुको जीवनस्तर उकास्दै कृषि साँस्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा समेत राखिएको उनले बताए ।

प्रकाशित मिति: पुष १७ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend