Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गोठमा आगो लाग्दा बास बसेका युवाको मृत्यु

हाम्रो कोशी आवाज
पुष १८ २०७८, आइतबार
गोठमा आगो लाग्दा बास बसेका युवाको मृत्यु

धरानः संखुवासभाको भोटखोला गाउँपालिका-५ लुङसुङमा आगलागीमा परेर एक युवकको मृत्यु भएको छ।
गाईवस्तु बाँध्ने गोठमा आगो लाग्दा जलेर स्थानीय २३ वर्षीय पङ्खामान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
साथीहरुसँग काठ चिर्न जंगल गएको बेला गोठमा बास बस्दा घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: पुष १८ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend