Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

होण्डा शोरूम धरानको एक्सचेन्ज अफर शुरू

हाम्रो कोशी आवाज
पुष १८ २०७८, आइतबार
होण्डा शोरूम धरानको एक्सचेन्ज अफर शुरू

धरानः नयाँ वर्ष २०२२ को अवसरमा धरान–८, बरगाछीस्थित देव ट्रेडर्स होण्डा शोरुम धरानमा सञ्चालन हुने बोनस एक्सचेन्ज अफर आइतबारदेखि शुरू भएको छ ।
२३ गते शुक्रबारसम्म विहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने एक्सचेन्जको पहिलोदिनै ग्राहकहरूको उल्लेख्य सहभागिता रहेको मोटर्सका सञ्चालक देवेन्द्र कुँवरले जानकारी गराए । एक्सचेन्जमा बोनसबापत कुनैपनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी होण्डाको दुईपाङ्ग्रे सवारी खरिद गर्दा ग्राहकहरुले मूल्याङ्कन बोनसबापत ७ हजारसम्म थप भ्यालु पाउन सक्ने उनले बताए । शोरुमले भर्खरै मात्रै बजारमा आएको र ग्राहकहरूले अत्याधिक रुचाएको एफआई भर्सनको ग्राजिया स्कुटरको टेस्ट राइड कार्यक्रम समेत राखेको छ ।
ग्राहकहरुले एक्सचेन्जमा ल्याउने पुरानो मोटरसाइकल वा स्कुटर नेपाल सरकारको नियमानुसार लाग्ने कर पूर्णरुपमा चुक्ता भएको र चालु अवस्थामा रहेको हुनुपर्ने कुँवरले बताए । बलियो इन्जिन र राम्रो माइलेजको लागि परिचित होण्डाका दुईपाङ्ग्रेमा नेपाली बजारमा स्कुटर सेग्मेण्टमा डिओ, ग्राजिया र मोटरसाइकल सेग्मेण्टमा सीबी साइन, एसपी साइन र युनिकर्न प्रख्यात रहेको छ ।

प्रकाशित मिति: पुष १८ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend