Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा युवाको मृत्यु

हाम्रो कोशी आवाज
पुष १९ २०७८, सोमबार
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा युवाको मृत्यु

विराटनगरः मोरङको उर्लाबारी–४ मा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार मृत्यु हुनेमा उर्लाबारी–१ टप्पु बस्ने वर्ष २८ को विजय शर्मा रहेका छन् ।
बक्राहा पुलनजिकै पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०४७ प १८१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
गम्भीर घाइते शर्माको अरनिको अस्पताल उर्लाबारी लगिएको थियो तर त्यहाँबाट थप उपचारका लागि बिएण्डसी अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष १९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend