धरानः धरान उपमहानगरपालिका दलित विकास समितिले धरानका विपन्न २० जना दलितलाई उन्नत जातको बङ्गुर पाठा वितरण गरेको छ ।
पुस १९ गते धरान उपमहानगरपालिका प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी बङ्गुर वितरण गरिएको समितिका सदस्य सचिव तारा लामगादेले जानकारी दिएका छन् । गत आर्थिक वर्षमा व्यवसायिक बङ्गुरपालन तालिम लिएका १५ जना र अन्य ५ जना गरी जम्मा २० जनालाई उन्नत जातको ह्यामसायर बंगुर पाठा वितरण गरिएको सदस्य सचिव लामगादेले बताए ।
कार्यपालिका सदस्य तथा दलित विकास समितिका संयोजक किशोर परियारले आर्थिक उपार्जनका लागि दलित समुदायका विपन्न व्यक्तिलाई बङ्गुरपाठा दिएर आत्मनिर्भर बन्न र व्यावसायिक बन्न उत्प्रेरणा दिएको बताए ।
बंगुर पाठा वितरण कार्यक्रममा बोल्र्दै धरान उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख प्रज्ञादेवी निरौलाले लक्षित समुदायका कार्यक्रम लक्षित समुदायले नै प्रत्यक्ष सञ्चालन गरेर उदाहरणीय कार्य गरेको बताइन् । उनले भनिन्, ‘सरकारले दिएको सुविधालाई सदुपयोग गर्नुहोला । अहिलेको एउटा पाठा वर्षमा २० वटा हुन सक्छ, मिहेनत गरेर व्यवसायिक बन्नुहोला ।’
बङ्गुरपाठा वितरण कार्यक्रममा दलित विकास समितिका सदस्य खगेन्द्र नेपाली, लिला शंकर, धनबहादुर हमाल, रामधारी बासफोर, केदार बराइली, शकुन्तला त्रिखत्री भुषाल लगायतको उपस्थिति रहेको थियो ।
बङ्गुरको पाठा पाउनेहरुमा धरान–३ का सरिता विश्वकर्मा, धरान ५ का गोविन्द विश्वकर्मा, पवित्र विश्वकर्मा, निरबहादुर विश्वकर्मा, प्रेमबहादुर विश्वकर्मा, धरान ११ का भीमबहादुर विश्वकर्मा, सरिता मरिक, धरान १२ का लक्ष्मी विश्वकर्मा, बिमला विश्वकर्मा, सिता विश्वकर्मा, सुष्मा विश्वकर्मा, धरान १४ का इन्दिरा लामगादे, धरान १५ का गीता चर्मकार, देवीचरण विश्वकर्मा, कमला विश्वकर्मा, बिमला विश्वकर्मा, रत्न विश्वकर्मा, खड्गमाया दमाई, धरान १६ का इन्द्रबहादुर विश्वकर्मा र धरान १९ का सुस्मिता विश्वकर्मा रहेका छन् ।
बङ्गुरपालन गरी आर्थिकरुपमा जीवनस्तर उकास्नका लागि अन्यले समेत आवश्यक गरी माग गरेका विभिन्न स्रोत परिचालन गरी उपलब्ध गराउने समितिले बताएको छ । यसअघि आर्थिक विकासका लागि दलित विकास समितिले विभिन्न सीपमूलक तालिम सञ्चालन गरेको थियो ।
