Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा सहचालकको मृत्यु

हाम्रो कोशी आवाज
पुष २१ २०७८, बुधबार
दुर्घटनामा सहचालकको मृत्यु

भोजपुरः भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ हिमाङमा मंगलबार बेलुका भएको ट्याक्टर दुर्घटनमामा परी सोही ट्याक्टरका सहचालकको मृत्यु भएको छ ।
भोजपुरबाट घोडेटार जाँदै गरेको प्रदेश १–०२–००३ त ९४० नम्बरको टयाक्टर आफै अनियन्त्रित भई पल्टिँदा ट्याक्टरका सहचालक हतुवागढी गाउँपालिका–१ का रञ्जीत सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैबीच मोरङको विराटनगर महानगरपालिका–११ मा रहेको एक माछा पोखरीमा डुबेर स्थानीय २८ वर्षीय सुजन कामतको मृत्यु भएको छ ।
पौष १५ गते बाट घरदेखि हराइरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलबार बेलुका साँढे ६ बजे गाउँकै पोखरीमा मृत अवस्थामा कामतको शव फेला परेको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: पुष २१ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend