बिर्तामोडः झापाको मेचीनगर नगरपालिका ७ पिपल चौकस्थित केशव पाठकको घरमा आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका ८ का ४५ वर्षीय शरद राजवंशी रहेका छन् । बुधबार राति साढे ९ बजे पाठकको टिनको छानो, चित्राको बेरा भएको १ तले कच्ची घरमा कोही नभएको अवस्थामा अचानक आगोलागी हुँदा आगो निभाउने क्रममा सो घरमा रहेको ग्याँस सिलिण्डर पड्किँदा राजवंशी लगायत १६ जना घाइते भएका थिए ।
घाइतेमध्ये राजवंशीको उपचारको लागि एञ्जल मेडिकल धुलाबारी पुरयाउन साथ मृत्यु भएको थियो भने अन्य घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा राति साढे १० बजे पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ । आगो के कारणले लागेको भन्ने खुल्न नआएकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
आगलागीमा ८ वर्षीया बालिका सुशीला अधिकारीसहित १२ जना घाइते भएका छन् । आगलागीमा मेनपा–७ का ४० वर्षीय लेखनाथ तिम्सिना, वर्ष ३२ का दीपेन्द्र कार्की, वर्ष ३८ का चन्दन गौतम, वर्ष ४० का सुभलाल राजवंशी, वर्ष ३५ का विनोद गिरी, वर्ष २८ का सन्देश बोहरा, वर्ष ४० का भवानीशङ्कर न्यौपाने, वर्ष ३४ का निर्मल शर्मा र वर्ष ३५ का नवराज श्रेष्ठ आगलागीमा घाइते भएका छन् । मेनपाका ३४ वर्षीय हरि विक र बिर्तामोड नगरपालिका–९ का २९ वर्षीय गोविन्द राजवंशी पनि घाइते छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।