धरानः धरान आउँदै गरेको मोटरसाइकल र बस सार्वजनिक बस एकआपसमा जुध्दा दुईजनाको ज्यान गएको छ ।
इटहरी उपमहानगरपालिका-२० तरहरास्थित पानीपियाको जङ्गलमा सो दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो । मृत्यु हुनेमा संखुवासभा खाँदबारी नगरपालिका-७ का २२ वर्षीय अवि राई र मोरङको सुन्दरहरैंचा-५ का २७ वर्षीय सन्तोष राई प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
धरानतर्फ आउँदै गरेको को२७प २१९ मोटरसाइकल र इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०–२–००१ख८१९६ नम्बरको बस पानीपिया भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।
गम्भीर घाइते भएका दुवैजनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि लगिएको र उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । सवारीसाधन र बस चालक इटहरी-४ का ४४ वर्षीय टीकाराम चौधरी प्रहरीको नियन्त्रणमा छन् । घटना बिहीबार रातिको भएको प्रहरीले जनाएको छ ।