Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरी एमालेको अध्यक्षमा जो आकांक्षी देखिए

हाम्रो कोशी आवाज
पुष २३ २०७८, शुक्रबार
सुनसरी एमालेको अध्यक्षमा जो आकांक्षी देखिए

सुनसरीः नेकपा (एमाले) सुनसरीको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि चारजना आकांक्षी देखिएका छन् । अध्यक्षमा दाबी गर्नेमा पूर्वसंविधानसभा सदस्य रेवती रमण भण्डारी, जिल्ला अध्यक्ष खेमराज पोखरेल र इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी छन् । प्रदेश सदस्य तथा इटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईँले पनि अध्यक्षमा दाबी गरेका छन् । नेतृत्व चयनका लागि सहमतिको बाटो खोजिरहँदा आकांक्षी बढेपछि थप दबाब परेको छ । नेतृत्व लिन तयार रहेकामध्ये चौधरी, पोखरेल, भण्डारी जिल्ला पदाधिकारीमा बसेर काम गरिसकेका छन् भने चौंलागाई नयाँ अनुहार हुन् ।
वर्तमान जिल्ला अध्यक्ष खेमराज पोखरेलले सहमतिबाटै आफू पुन: नेतृत्वमा दोहोरिन चाहेका छन् । यसअघि उपाध्यक्ष भइसकेका पोखरेललाई भीम आचार्य पक्षले सहयोग गरेको छ । तत्कालीन नेकपा विभाजित भएसँगै एमाले हुँदा केपी ओली पक्षले रेवती रमण भण्डारीलाई जिल्ला अध्यक्ष बनाएको थियो । तर पार्टी भित्रैका माधव नेपाल पक्ष र ओली पक्षकै केही नेताहरूले भण्डारीलाई अध्यक्ष मान्न नसकिने भन्दै लामो विवाद भएको थियो ।
पूर्वजिल्ला अध्यक्ष तथा इटहरी मेयर द्वारिकलाल चौधरी पनि आकांक्षी हुन् । छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्ष बनेका उनी स्थानीय तहको निर्वाचनमा पार्टी उपाध्यक्ष रमेश बस्नेतलाई कार्यवाहक दिएर चुनावमा टिकट पाएका थिए । एमालेको राम्रो पकड रहेको इटहरीमा उनले चुनावसमेत जिते । पार्टीको १० औँ महाधिवेशन प्रतिनिधि भएका चौधरी केन्द्रीय सदस्यमा नपरेपछि उनी जिल्लामै रहने अवस्थामा पुगेका छन् ।
अर्का आकांक्षी हुन्, पार्टीका प्रदेश कमिटी सदस्य तथा इटहरी खानेपानी संस्थाको अध्यक्षमा बसेर १८ वर्ष काम गरेका रामप्रसाद चौलागाईँ । सुनसरीमा केपी ओली पक्षका पुराना नेताको रूपमा चिनिएका चौलागाईँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरको मेयर पदका लागि आकांक्षी थिए ।
मेयरको टिकट नपाएपछि पार्टीको भूमिकामा नरहेका उनी जिल्ला नेतृत्वको आकांक्षी देखिएका हुन् । अर्का आकांक्षी हुन् संविधानसभा सदस्य रेवतीरमण भण्डारी । तत्कालीन नेकपाभित्र विवाद उत्पन्न हुँदा केपी ओली पक्षले एक वर्ष अघि जिल्ला अध्यक्षको जिम्मेवारी भण्डारीलाई दिएको थियो । सर्वोच्चको फैसलाले नेकपा एमाले नै रहने व्यवस्था गरेपछि पार्टीले २०७५ जेठ २ मा फर्किने निर्णय गरेको थियो । माधव पक्ष नेताहरूले भण्डारीलाई अध्यक्ष मान्न तयार नभएपछि उनले छोडेका थिए ।

को कति बलियो ?

वर्तमान जिल्ला अध्यक्ष खेमराज पोखरेलले सहमतिबाटै आफू पुन: नेतृत्वमा दाेहाेरिन चाहेका छन् । यसअघि उपाध्यक्ष भइसकेका पोखरेललाई भीम आचार्य पक्षले सहयोग गरेको छ ।

तत्कालीन नेकपा विभाजित भएसँगै एमाले हुँदा केपी ओली पक्षले रेवती रमण भण्डारीलाई जिल्ला अध्यक्ष बनाएको थियो । तर पार्टी भित्रैका माधव नेपाल पक्ष र ओली पक्षकै केही नेताहरूले भण्डारीलाई अध्यक्ष मान्न नसकिने भन्दै लामो विवाद भएको थियो ।

त्यसपछि सर्वसहमतिमा जिल्ला अध्यक्षको जिम्मेवारी पोखरेलले लिएका थिए । अहिले कार्यकर्ताले रुचाएको अर्थमा पोखरेलले अध्यक्ष दाबी गरेका हुन् । दुवै पक्षबाट उनलाई राम्रो समर्थन पाएका छन् ।

पार्टीभित्र विवादित छवि बनाएका पूर्वजिल्ला अध्यक्ष तथा इटहरी मेयर द्वारिकलाल चौधरी पनि आकांक्षी हुन् । छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्ष बनेका उनी स्थानीय तहको निर्वाचनमा पार्टी उपाध्यक्ष रमेश बस्नेतलाई कार्यवाहक दिएर चुनावमा टिकट पाएका थिए । एमालेको राम्रो पकड रहेको इटहरीमा उनले चुनावसमेत जिते ।

तर जनप्रतिनिधि भएसँगै चर्को आलोचित बनेका मेयर जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भन्दै पार्टीमा फर्किएर सक्रिय राजनीति गर्ने तयारीमा छन् । पार्टीको १० औँ महाधिवेशन प्रतिनिधि भएका चौधरी केन्द्रीय सदस्यमा नपरेपछि उनी जिल्लामै रहने अवस्थामा पुगेका छन् ।

कार्यकर्ता बीच खासै जनमत नभएका चौधरी आफैँलाई रुचाउने धेरै भएको दाबी गर्छन् । चौधरीले अध्यक्ष नै हुनु पर्छ भनेर लागेका भने पक्कै हैनन् । उनी रेवती रमण भण्डारीले अध्यक्षमा उठ्ने देखिएपछि उनलाई अध्यक्ष हुन नदिनकै लागि पनि उमेद्वारी दिन लागेका हुन् ।

यसअघि इनरुवामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष पदका लागि विवाद बढ्दै गएपछि उनले स्टेजमै पुगेर माइक खोसेका थिए । भण्डारीलाई त्यति मन नपराउने चौधरी अध्यक्षमा पोखरेल  आएमा छोड्न समेत तयार रहेको स्राेतले बतायो ।

अर्का आकांक्षी हुन्, पार्टीका प्रदेश कमिटी सदस्य तथा इटहरी खानेपानी संस्थाको अध्यक्षमा बसेर १८ वर्ष काम गरेका रामप्रसाद चौलागाईँ । सुनसरीमा केपी ओली पक्षका पुराना नेताको रूपमा चिनिएका चौलागाईँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरको मेयर पदका लागि आकांक्षी थिए ।
मेयरको टिकट नपाएपछि पार्टीको भूमिकामा नरहेका उनी जिल्ला नेतृत्वको आकांक्षी देखिएका हुन् ।

कुनै समय सार्वजनिक जग्गामा घर बनाएको भन्दै इटहरीका मेयर चौधरीको निसानामा परेका चौलागाईँ अहिले भने उनै चौधरीको नजिकका नेतामध्ये एक हुन् । उनी पनि पोखरेल भए अन्तिम समयमा मान्न तयार छन् । तर भण्डारीलाई अध्यक्ष नबनाउने रणनीतिमा छन् ।

अर्का आकांक्षी हुन् सबैको निसानामा परेका र केन्द्रका नेतासँग राम्रो सम्बन्ध भएका संविधानसभा सदस्य रेवतीरमण भण्डारी । तत्कालीन नेकपाभित्र विवाद उत्पन्न हुँदा केपी ओली पक्षले एक वर्ष अघि जिल्ला अध्यक्षको जिम्मेवारी भण्डारीलाई दिएको थियो । सर्वोच्चको फैसलाले नेकपा एमाले नै रहने व्यवस्था गरेपछि पार्टीले २०७५ जेठ २ मा फर्किने निर्णय गरेको थियो ।

माधव पक्ष नेताहरूले भण्डारीलाई अध्यक्ष मान्न तयार नभएपछि उनले छोडेका थिए । उनलाई अध्यक्ष बनाउन ओली पक्ष नै तयार छैन । मन पर्दा सक्दो सहयोग गर्ने, मन नपरे वास्तै नगर्ने प्रवृत्तिका कारण आफ्नै कार्यकर्ताबाट घेराबन्दीमा पर्दै आएका छन् । तर केन्द्रका नेताहरू भने उनलाई अध्यक्ष बनाउन लागि परेका छन् । पार्टीलाई संकट पर्दा सहयोग गरेको भन्दै नेताहरू सहमतिमा उनैलाई अध्यक्ष बनाउन लागि परेको स्राेतको भनाई छ । उनी स्थानीय तहको चुनाव सम्म माधव नेपाल पक्ष मानिएका थिए । जिल्लामा भीम आचार्यले टिकट नदिएकै कारण उनी ओली खेमा तिर देखिएका थिए ।

प्रकाशित मिति: पुष २३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend