बेलबारीः मोरङको बेलबारी नगरपालिका १ पुरानो बेलबारीका ऋषि साहको घरको पर्खाल भत्काउने क्रममा पर्खाल लडेर किच्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैंचा नगरपालिका १ का ४५ वर्षीय अशोक खवास रहेका छन् । शुक्रबार बिहान ९ बजे घर भत्काउने क्रममा घरको पर्खालले किचेर गम्भीर घाइते भएका खवासको उपचारको लागि नोवेल अस्पताल विराटनगर लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत नविनराज राईले जानकारी दिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।