धरानः धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था १२ औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शुक्रबार धरान–८ स्थित बराह सपिङ कम्प्लेक्सको तेस्रो तलामा साधारणसभा सम्पन्न भएको हो । यसैगरी संस्थाले आव २०७७–०७८ मा खुद मुनाफा ३ करोड ६७ लाख ३२ हजार ३ सय ४३ रुपैयाँ ८० पैसा बनाउन सफल भएको प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।
संस्थाले आव २०७७–०७८ मा शेयर रकम रु. १० करोड २९ लाख १६ हजार ५ सय पुरयाएको जनाइएको छ । यस्तै, जगेडा कोषमा ३ करोड २८ लाख ८० हजार ९ सय ८७ रुपैयाँ ४३ पैसा, निक्षेप संकलन ७२ करोड १९ लाख ८४ हजार ६४ सय ४ रुपैयाँ ३४ पैसा र ऋण लगानी ७९ करोड ३२ लाख ४४ हजार ८ सय २९ रुपैयाँ ८७ पैसा गरेको जनाइएको छ ।
साधारणसभामा कार्यक्रममा संरक्षित पुूँजी फिर्ता कोष र शेयर लाभांश कोष गरी जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
मानबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका सञ्चालक सदस्य शिवकुमार डाँगी रहेका थिए ।
कार्यक्रममा विशेष अतिथि बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने विक, अतिथिहरुमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई, जिल्ला सहकारी संघ लिका सञ्चालक सदस्य चन्द्र सुवेदी, राष्ट्रिय सहकारी बैंक धरानका प्रमुख सम्झना दाहालको उपस्थिति रहेको थियो ।

संस्थाको सदस्यहरुबीच व्यवसायिक खुल्ला सत्र र बन्द सत्र कार्यक्रम सम्पन्न भएको थियो । ‘हामी सबैको बराह आर्थिक उन्नतिको सहारा’ भन्ने मूल नाराका साथ सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरी इनरुवामा सहकारी ऐन २०४८ परिमार्जित २०७४ बमोजिम सुनसरी जिल्ला धरान उपमहानगरपालिकामा मिति २०६६ साल भाद्र २१ भई सुन्दर नगरी धरान उपमहानगरपालिकामा स्थापना भएको यस संस्थाले आर्थिक रुपमा पछाडि रहेका वर्ग र समुदायहरुलाई आर्थिक क्रियाकलापको मूलधारमा ल्याउने र उत्पादनको क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई आर्थिकरुपमा सफल र स्वरोजगार बनाउने उद्देश्य र परिकल्पनाका साथ स्थापित भएको थियो ।
यो साधारणसभासम्म आइपुग्दा संस्थामा हाल ५ हजार १ सय १७ जना शेयर सदस्य बनाउन सफल भएको छ ।
खुल्ला सत्रको कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक दातेन्जी शेर्पाले गरेका थिए भने कार्यक्रम समापन सञ्चालक सदस्य गंगा कालिकोटेले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले हालको तरलता एवम् वित्तीय सङ्कट बराहको मात्र नभई देश र विश्वकै भएको बताए । उनले हाल वित्तीय सङ्कट विश्वमा तेस्रो माहामारीको रुपमा देखा परेकोले सम्पूर्ण सहकारीकर्मी शेयर सदस्यहरु एकजुट र संयमित भई सहकारीको ऐन, नियम र सिद्धान्तमा रही कार्य सम्पादन गर्नु नै आजको आवश्यकता हो भन्दै राष्ट्रिय सहकारी महासंघ नेपालको ‘मर्यादित व्यवसाय र प्रविधीमा सहकारी’ भन्ने नारालाई वाचन गर्दै शुभकामना व्यक्त गरेका थिए ।
यसैगरी १२ औं वार्षिक साधारणसभा कार्यक्रमको अवसरमा संस्थाले आफ्नो फिल्ड कर्मचारीहरुलाई विभिन्न शीर्षकहरुमा नगद तथा पुरस्कारद्वारा सम्मान गरेको छ । जसमा सर्वाधिक निक्षेप संकलनकर्ता ३ जना सक्रिय अभियन्ता ११ जना र बराह प्रोत्साहन पुरस्कार ५ जनालाई सम्मान गरिएको थियो ।





