Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमालेको सुनसरी जिल्ला अधिवेशन

हाम्रो कोशी आवाज
पुष २३ २०७८, शुक्रबार
एमालेको सुनसरी जिल्ला अधिवेशन

इनरुवाः सुनसरीको सदरमुकाम इनरुवा नेकपा एमालेको सातौं जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।
देशभर नै एकसाथ उद्घाटन भएको अधिवेशनको क्रममा सुनसरीमा पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअलबाट सम्बोधन गरी देशको पहिलो पार्टी बनाउने गरी अधिवेशनलाई सफल बनाउन आग्रह गरे । जिल्ला अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको शनिबार बिहान ७ बजेबाट बन्द सत्र शुरु हुने जनाइएको छ ।
उद्घाटन कार्यक्रममा स्थायी कमिटि सदस्य गुरु बरालले नेकपा एमालेको सच्चा कार्यकर्ता बनेर पार्टीलाई एक ढिक्का बनाउन जिल्ला नेतृत्वलाई सुझाव दिए । सम्बोधन गर्दै नेता बरालले पार्टीलाई बलियो बनाउने जिम्मेवारी सबै नेता कार्यकर्ताको काँधमा आएको बताए । उनले नेतृत्व सर्वसम्मतबाट चयन गर्न समेत नेता कार्यकर्ताहरुमा आग्रह गरे ।
जिल्ला अध्यक्ष पोखरेलले कुनै व्यक्तिको बलमा पार्टी नचल्ने भन्दै सबैलाई मिलाएर लैजान आफूहरु लागिपरेको बताए । पार्टीलाई एकताबद्ध र अनुशासित तरिकाले अगाडि बढाउने काम गरेको सन्देश सुनसरीबाट प्रवाह हुने उनले विश्वास व्यक्त गरे ।
सम्मेलनमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य जगदिशप्रसाद कुसियैतको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । सम्मेलनमा केन्द्रीय सदस्य मञ्जु मण्डारी, लक्ष्मी गौतम, भगवती चौधरी, तैयब हुसेनसहितका नेताहरुले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा हजार बढीको पनि सहभागिता रहेको पार्टी सचिव पर्शुराम यादवले जानकारी दिए ।

प्रकाशित मिति: पुष २३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend