सुनसरीः सुनसरीको इटहरीमा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
इटहरी–४ डिभिएम बोर्डिङ स्कुल छेऊ दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक इटहरी–५ बस्ने वर्ष २२ को रोशन सिलवाल रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१प ५५९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो । गम्भीर घाइते बनेका उनको उपचारको लागि धरानस्थित बीपी प्रतिष्ठान लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए ।