Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बुढासुब्बा मन्दिरका बाँसमा प्रेमिप्रेमिकाको नाम लेख्न रोक

हाम्रो कोशी आवाज
पुष २५ २०७८, आइतबार
धरानको बुढासुब्बा मन्दिरका बाँसमा प्रेमिप्रेमिकाको नाम लेख्न रोक

धरानः धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरको चर्चा दिनप्रतिदिन चुलिँदै गएको छ ।
चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र होइन भारतलगायत विभिन्न देशबाट समेत बुढासुब्बा मन्दिरको दर्शन तथा पूजाआजाका लागि आउने तिर्थालुहरु बढ्दै गएका छन् । विजयपुर क्षेत्रमा थुप्रै मठ मन्दिरहरु छन् । अन्य मन्दिरहरुको भन्दा बेग्लै चर्चा कमाएको बुढासुब्बा मन्दिरको ऐतिहासिकताको महिमा सुनेरै दर्शन तथा पूजाआजा गर्न आउने गरेको पूजारीहरु बताउँछन् ।
वरिपरि टुप्पो बिनाको बाँसका झ्याङ, न कुनै देवताको मूर्ति छ, न कुनै देवीको नै प्रतिमा छ । सुन्दा पनि अचम्म लाग्ने । माटोको ढिस्को, धमिराले घर बनाए जस्तो देखिन्छ । देख्दा समान्य लाग्ने यो मन्दिरले आफ्नो छुटै इतिहास र विशेषता बोकेको छ ।
तर, पछिल्लो समय बुढासुब्बा मन्दिर परिसरमा रहेका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका टुप्पोबिनाको बाँसहरुले तामा हान्न छाडेका छन् । बाँसले तामा हान्न छाडेपछि यहाँका स्थानीय सरकार, राजनीतिक दल, बुद्धिजीवी तथा स्थानीयबासीहरु संरक्षण गर्न लागि परेका छन् । मेयर तिलक राईको नेतृत्वमा सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, राजनीतिक दलका प्रतिनिधि र स्थानीयबासीहरुले शुक्रबार स्थलगत निरीक्षण गरेका छन् । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बाँसहरुको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि वनस्पति सम्बन्धीका विज्ञको रायनुसार स्तरोन्नति गरिने मेयर राईले बताए ।
मेयर राईले धार्मिक तथा ऐतिहासिक महत्व बोकेका बाँसहरुको संरक्षरण गर्ने कार्यमा धरान उपमहानगरपालिका लागिपर्ने बताए । मन्दिर आसपासमा भएका बाँसमा पहिला–पहिला नाम लेख्ने चलन थियो ।
बाँसमा नाम लेख्दा प्रेमीप्रेमिकाको माया प्रेम सफल हुन्छ भन्ने किंवदन्ती रहेकोले मन्दिरमा दर्शन गर्न आएका युवायुवतीले बाँसमा नाम लेखेर मात्र फर्कन्थे । तर, बाँसमा नाम लेख्ने क्रम बढेसँगै बाँस मर्न थालेपछि बाँसलाई संक्षरण गर्न नाम लेख्न मन्दिर समितिले रोक लगाएको छ । अहिले बुढासुब्बा मन्दिरमा पूजा गरी बाँसमा धागो बाँध्ने चलन छ । यसरी धागो बाँध्दा प्रेमीप्रेमिकाहरूको प्रेम सफल हुन्छ भन्ने मान्यता छ ।

प्रकाशित मिति: पुष २५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend