Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउन सुगरसहित दुईजना समातिए

हाम्रो कोशी आवाज
पुष २६ २०७८, सोमबार
ब्राउन सुगरसहित दुईजना समातिए

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका-१० स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मेचीनगर-१० का ३२ वर्षीय विक्रम प्रसाईं र मेचीनगर-९ का ४४ वर्षीय सञ्जय खड्का रहेका छन् ।
इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले विक्रमको घरको भान्सा कोठाभित्र बसिरहेको अवस्थामा दुवैजनालाई प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ५ ग्राम, डिजिटल तराजु १ थान, नगद १९ हजार ५ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका प्रसाई र खडकाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष २६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend