Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘लकडाउनको बाटो अपनाउनु हुँदैन, फेरि लकडाउन भए अर्थतन्त्रले थेग्दैन’

हाम्रो कोशी आवाज
पुष २६ २०७८, सोमबार
‘लकडाउनको बाटो अपनाउनु हुँदैन, फेरि लकडाउन भए अर्थतन्त्रले थेग्दैन’

धरानः अर्थमन्त्री जनार्दन शर्माले फेरि लकडाउन गर्न नहुने बताएका छन् ।
उनले अब लकडाउनको बाटो नअपनाउन पनि आग्रह गरे । । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिएपनि अब लकडाउनको बाटो अपनाउन नहुनेमा उनको जोड थियो ।
बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को सोमबार भएको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले लकडाउन गर्दा हाम्रो अर्थतन्त्रले थेग्न नसक्ने बताए । ‘लकडाउन भए मुलुकको अर्थतन्त्र संकटग्रस्त हुन्छ’, उनले थपे, ‘फेरि लकडाउन हुन्छ कि भन्ने आशंका कतिपयमा रहेको छ’, उनले भने, ‘अब हामीले लकडाउनको बाटो अपनाउनु हुँदैन ।’
उनले मुलुकको गार्हस्थ उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गरे । संकटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘मुख्य समस्या संकटका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति हो । यो प्रवृत्तिगत समस्यालाई समाधान गर्नको लागि एकअर्काका समस्या बुझेर सहयोग गर्नुपर्छ ।’
मन्त्री शर्माले विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने दावी गरे । पछिल्लो समय देखिएको तरलताको चाप माघभित्र समाधान हुने उनको भनाइ छ । ‘अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, तर बाहिर प्रचार गरिएजस्तो संकट आइसकेको छैन’, उनले भने, ‘सचेत हुने अवस्थामा चाहिँ छ । तरलताको जुन अभाव देखिएको छ, यो माघभित्र समाधान हुने गरी कार्य अघि बढाइएको छ ।’ कोभिड १९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकैपटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको उनले बताए ।

प्रकाशित मिति: पुष २६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend