धरानः धरान–१५ का महिलालाई मखमल तथा रेकजीनको जुत्ता–चप्पल बनाउने तालिम दिइएको छ ।
हातेमालो उद्यमी महिला समूहले धरान उपमहानगरपालिका १५ नं. वडा कार्यालयको सहयोगमा सो तालिम सञ्चालन गरेको हो । सोमबार धरान–१५ स्थित युरेशिया रेयूकाईको भवन एक समारोहका बीच तालिमको समापन गरिएको हो । तालिम मङ्सिर १८ गतेदेखि पुस १० गतेसम्म सञ्चालन भएको थियो ।
तालिमबाट सिकेको कुरा प्रमाणपत्रमा मात्र सीमित नराखी सहभागीहरुले घर घरमा नै जुत्ता चप्पल बनाउन शुरु गरिहाल्ने साथै बिक्री–वितरण समेत गर्ने समूहकी अध्यक्ष लिला ढकालले बताइन् । २५ जना सहभागी भएको तालिमका प्रशिक्षक विमला चौधरी र सह प्रशिक्षक निर्मला चौधरीलाई सहभागीहरुले मायाको चिनो प्रदान गरेका थिए भने आयोजकबाट सम्मान् पत्रले सम्मान् गरेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष पूर्णमाया मास्के, सहभागी छेप्की शेर्पा, वडा सदस्य निरमाया विक, यूरिशिया धरान सिबुचो केशवराज काफ्ले, मिडियाकर्मी विनय प्रधान, मोहन श्रेष्ठ र कुलबहादर कार्की र सुनिता प्रधानले तालिमको विषयमा आफ्नो विचार व्यक्त गरेका थिए ।