Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवासहित अन्य युवा लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
पुष २७ २०७८, मंगलबार
धरानका युवासहित अन्य युवा लागूऔषधसहित समातिए

विराटनगरः मोरङको धनपालथान गाउँपालिका–२ बाट लागूऔषध गाँजा ३ केजी १०५ ग्रामसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा धनपालथान–२ बरियाती टोलका ४० वर्षीय वसन्त पासवान, सुनसरी धरान–१६ का ३६ वर्षीय रविन राई र २९ वर्षीय वचन राईलाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत नविनराज राईले जानकारी दिए ।
निजहरुबाट अवैध लागूऔषध गाँजा ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैयाँ र प्रदेश १–०२०–०४५ प २६९९ नम्बरको मोटरसाइकल बरामद भएको थियो । अवैध लागूऔषध गाँजासहित पक्राउ परेका तीनैजनालाई मोरङ जिल्ला अदालतबाट लागूऔषध कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: पुष २७ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend