Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लकडाउनले युवालाई बनायो व्यवसायी

हाम्रो कोशी आवाज
पुष २७ २०७८, मंगलबार
धरानमा लकडाउनले युवालाई बनायो व्यवसायी

धरानः लकडाउनले धेरैलाई फरक किसिमको व्यवसायी बनायो । तीमध्ये धरानका दुई युवा छन्, उनीहरुलाई पनि व्यवसायी नै बनायो । उनीहरुको व्यवसाय हो– अनलाइन होम डेलीभरी । उनीहरुको काम नै हुन्छ उपभोक्ताले रोजेजस्तो, खोजेजस्तो सामान, खानेकुरा अर्डर भएमा घरघरमै सामान पुरयाइदिने ।
शुरुमा १० लाख लगानीबाट शुरु गएको व्यवसायले अहिले फड्को मार्दै गएको प्रालिका अध्यक्ष सुमन लिम्बूले जानकारी दिए । ‘कोरोना कहरको हामीले विभिन्न चरण पार गर्दै आयौं, यो महामारीमा हामीले भोगेका र देखेका कुराहरुबाट नै सिकेर यो अनलाइन होम डेलीभरी व्यवसाय शुरुवात गरेका हौं’, उनले भने, ‘अहिले यो व्यवसायलाई सबैले रुचाइदिनुभएको छ र व्यवसायिक फड्को पनि मार्दै गएका छौं ।’
उनका अनुसार ५ लाख रुपैयाँबाट हरियो सागसब्जी र फलफूलबाट अनलाइन व्यापार शुरुवात गरेका उनीहरुले त्यसपछि अनलाइन सपिङको व्यवसाय थालिएको हो । अहिले १ करोडको शेयर पुँजी बनाएको उनले जानकारी दिए ।
‘लकडाउनको समयमा घरभित्रै सीमित भएका उपभोक्ताले अनलाइनमार्फत् सामान मगाउने लहर चल्यो । प्रहरी, प्रशासनले पनि सागसब्जी र खाद्यान्नको होम डेलिभरी सेवालाई छुट दिँदै गएको थियो’, उनले भने, ‘त्यतिबेलैदेखि घरघरमा सामान लैजाने गर्दागर्दै यो व्यवसायमा हात हालियो ।’
प्रालिका सचिव रेमन नेम्वाङअनुसार अहिले धरान ‘सप अर्डर’ नामक कम्पनीले अनलाइन फुड डेलिभरी र इ–कमर्श (जस्तैः खाना, खाजा, इलेक्ट्रोनिक्स, बुक्स, कपडा इत्यादि) को क्षेत्रमा काम गर्दै आएको छ । २०७७ फागुनमा कानुनीरुपमै दर्ता भई धरानका विभिन्न ठाउँहरुमा सेवा गर्दै आएको उनले जानकारी दिए ।
धरान–१० कलेजमा रोडमा कार्यालय स्थापना गरेर अहिले आफूहरु लागिपरेको उनले जानकारी दिए । हालसम्म सप अर्डले धरानका ४५ वटा भेन्डरहरुसँग सम्झौता गरी काम गरिरहेको उनको भनाइ छ । इलेक्ट्रोनिक्स पसल, किताब पसल, कपडा, पसल, होटल र रेष्टुरेण्ट आदिमा सेवा दिइरहेको उनले जानकारी दिए ।
मेला लगाउने तयारी
सप अर्डरले धरानमा पहिलोपटक डिजिटल मेला आयोजना गर्ने भएको छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले पहिलोपटक डिजिटल मेला आयोजना गर्न लागिएको जानकारी दिए । यही माघ १ गतेदेखि १० गतेसम्म मेला लगाउने तयारी भएको अध्यक्ष लिम्बूले जानकारी दिए । ‘भीडभाड पनि नुहने समयको पनि बचत हुने र घरमै बसेर धेरै कुराहरु सहुलियत मूल्यमा धराने ग्राहकलाई दिऔं भन्ने उद्देश्यले मेला लगाउन लागिएको हो ।’ उनले भने ।
मेलामा विशेष छुट, होम डेलीभरीको निःशुल्क सेवा प्रदान गरिने उनले जानकारी दिए । ‘पाउने सेवा, सुविधा र सहुलियत घरमा नै बसी बसी उपभोक्ताको हात हातमा पुग्नेछ भन्ने हाम्रो लक्ष्य छ’, उनले भने, ‘मेला अवधिभर सप अर्डरसँग आवद्ध भेनडरहरुबाट अर्डर गर्दा ६ देखि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो अवधिभर धरान उपमहानगरभरीबाट अर्डर गर्ने ग्राहकलाई निःशुल्क होम डेलिभरीको सुविधा छ ।’
मेलाको हरेक दिन स्पेशल फुड डे आयोजना हुनेछ भने एकजना लक्की बिजेताले स्पेशल फुड आइटम उपहारस्वरुप जित्नेछन् । यस्तै, मेलाको अन्तिम दिन चारजना भाग्यशाली बिजेताले चौविस सयसम्मको सपअर्डर भौचर जित्न सकिनेछ ।

प्रकाशित मिति: पुष २७ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend