Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
पुष २८ २०७८, बुधबार
दुर्घटनामा दुईजनाको मृत्यु

धरानः सुनसरीको रामधुनीस्थित सेउती खोलाको कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
रामधुनी नगरपालिका–७ स्थित सेउती खोलाको कच्ची भित्री सडक खण्डमा को२त ७६०४ नम्बरको ट्याक्टर दुर्घटनामा पर्दा रामधुनी–७ बस्ने वर्ष २५ को उमेश चौधरी गम्भीर घाइते बनेका थिए । ट्याक्टरको स्टेरिङले थिच्दा गम्भीर घाइते बनेका उनको धरानस्थित बीपी प्रतिष्ठान पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ट्याक्टरको अगाडिको भाग पल्टिएको थियो भने ट्रलीको पिन भाँचिन गई अनियन्त्रित भई दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
यस्तै, बुधबार बिहानै मोरङको उर्लाबारीमा ट्याक्टरको ठक्करले विद्यार्थीको मृत्यु भएको छ ।

उर्लाबारी-३ पूर्व-पश्चिम राजमार्गस्थित सोल्टी पुलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको को२त ८२९६ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १ ०१०१२प७१५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी-७ का २१ वर्षीय निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी उर्लाबारीमा रहेको नेपाल दर्शन कलेजमा अध्ययनरत् रहेको प्रहरीले जनाएको छ । उनी कलेज गइरहेको अवस्थामा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक मिक्लाजुङ गाउँपालिका-६ का १९ वर्षीय मोहन तामाङ प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा दुर्घटना हुँदा एकजना गम्भीर घाइते बनेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको साइकलयात्रीलाई सोही दिशातर्फ जाँदै गरेको स९प ६६७६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा साइकलयात्री भोक्राहा नरसिंह ६ बस्ने वर्ष ३५ कि मिना मेहता गम्भीर घाइते बनेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन र चालक भोक्राहा नरसिंह ८ बस्ने वर्ष ३६ को जियाबुल मियाँ इप्रका लौकहीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष २८ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend