संखुवासभाः संखुवासभाको खाँदबारी नगरपालिका–१ का ४० वर्षीय महेश राईको कुटपिटबाट मृत्यु भएको छ ।
कुटपिटमा संग्लग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुङदेल–३ खोटाङ घर भई सोही स्थानमा डेरा गरी बस्ने २८ वर्षीय शम्भु राई रहेका छन् । मृतक र अभियुक्तबीच गत पौष २६ गते राति विवाद भएको र विवादकै क्रममा शम्भुले कुटपिट गर्दा महेश घाइते भएका थिए ।
घाइते भएका राईको मृत्यु भएको हो । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ । हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।