सुनसरीः सुनसरीको इनरुवा नगरपालिका–३ महेन्द्रचोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित एक युवक पक्राउ परेका छन् ।
हरिनगरा गाउँपालिका-७ घुस्की बस्ने २२ वर्षीय सविर मियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ज २ प ५१९४ नम्बरको मोटरसाइकलमा हातहतियार लिएर आउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।