धरानः धरान आउँदै गरेको बस धनकुटाको मूलघाटमा दुर्घटनामा परेको छ ।
तेह्रथुमबाट धरान आउँदै गरेको ग१ख ७४७६ नम्बरको बस मूलघाटमा आइपुगेपछि पल्टिएको धनकुटाका डिएसपी सुरज कार्कीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा तीनजना घाइते समेत भएका थिए । घाइतमध्ये धरान-७ की ४१ वर्षीया दिलकुमारी मादेन गम्भीर घाइते बनेको र उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले जानकारी दिए । दुर्घटना बिहीबार दिउँसोको हो ।