Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवा लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
पुष ३० २०७८, शुक्रबार
धरानका युवा लागूऔषधसहित समातिए

विराटनगरः धरानका युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ७ का १९ वर्षीय कुशल बराइलीलाई लागूऔषध लुपिजेसिक १३ एम्पुल, डाइजाल्याब १३ एम्पुल, एभिल १३ एम्पुल र फेनारगन १० एम्पुलसहित पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । पक्राउ परेका उनको बारेमा थप अनुसन्धान अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यस्तै, झापाको दमकमा एकजना लागूऔषधसहित पक्राउ परेका छन् । बिहीबार राति ९ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका ३ बेलडाँगी शिविरबाट २३ वर्षीय राजन तामाङलाई ब्राउन सुगर ९ ग्रामसहित पक्राउ गरेको हो ।
यस्तै, झापाको दमक नगरपालिका २ हुम्से–दुम्से सामुदायिक जंगलस्थितमा चेकिङको क्रममा गाँजा र चरेससहित दुईजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा इलाम माइसेबुङ गाउँपालिका २ का ३२ वर्षीय दीपेन्द्र राई र १९ वर्षीय नुवसन मुखिया रहेका छन् । शुक्रबार बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार मे३प ५६६२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको थियो । लागूऔषध फेला परे पश्चात उनीहरु सवार रहेको मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति: पुष ३० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend