बिर्तामोडः झापाको भद्रपुर नगरपालिका–४ स्थितमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका–४ का ७७ वर्षीय जगतबहादुर कार्की रहेका छन् । बिहीबा राति मे१०प ४४१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका कार्कीको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक कचनकवल गाउँपालिका–७ का माधव राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।