Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सामुदायिक वनबाट बन्दुकसहित समातिए

हाम्रो कोशी आवाज
पुष ३० २०७८, शुक्रबार
सामुदायिक वनबाट बन्दुकसहित समातिए

विराटनगरः मोरङको लेटाङ नगरपालिका ९ वसन्त हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ६० वर्षीय इन्द्रबहादुर राई रहेका छन् । शुक्रबार बिहान १० बजे अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारेको थियो ।
उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक–३ नाल, बारुद–२ डब्बा, गोली –१८ थान, छर्रा–५ पोका, खुकुरी–१ थान, गेटिस (गुलेली)–१ थान बरामद गरेको छ । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष ३० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend