Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ नामविहीन, कहिले पाउला नाम ?

हाम्रो कोशी आवाज
माघ ४ २०७८, मंगलबार
प्रदेश १ नामविहीन, कहिले पाउला नाम ?

विराटनगरः प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ।
प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।
प्रदेश २ ले नाम पाएपछि अब एक मात्र प्रदेश नामविहीन भएको छ ।
सातमध्ये ६ वटा प्रदेशको नामाकरण भइसक्दा प्रदेश १ को भने नामाकरण हुन सकेको छैन । प्रदेश १ को स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ। २०७६ वैशाख २३ को प्रदेश सभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको थियो। मुख्यमन्त्री परिवर्तन भइसक्दा समेत प्रदेशको नामाकरण हुन सकेको छैन। देश संघीय प्रणालीमा गएपछि प्रदेश सभामध्ये तत्कालीन प्रदेश ६ ले सबैभन्दा पहिला राजधानी र नाम टुंगो लगाएको थियो ।
उसले आफ्नो प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर कायम गरेको थियो । त्यसपछि प्रदेश चारले आफ्नो नाम गण्डकी र राजधानी पोखरा कायम गरेको थियो ।
त्यसपछि प्रदेश नं. ७ को प्रदेश सभाले आफ्नो प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी, कैलाली हुने तय गरेको थियो । प्रदेश ३ ले आफ्नो नाम बागमती र राजधानी हेटौंडा रहने निर्णय गरेको थियो । त्यस्तै, प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ हुने निर्णय गरेको थियो । प्रदेशको नाम विराट ,विजयपुर, कोचिला, कोसी, सगरमाथा, किरात, लिम्बुवानमध्ये कुनै एक नाम राख्न पनि सामाजिक संजालमा दबाब दिएका छन्  ।  मुख्यमन्त्री राजेन्द्र राई भने प्रदेशको नामकरण हिउँदे अधिवेशनमै टुंगो लगाउने दावी गर्दै आएका छन् ।

प्रकाशित मिति: माघ ४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend