Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रको बाङ्गे र प्रकाशपुरबाट लागूऔषधसहित दुईजना समातिए

हाम्रो कोशी आवाज
माघ ४ २०७८, मंगलबार
बराहक्षेत्रको बाङ्गे र प्रकाशपुरबाट लागूऔषधसहित दुईजना समातिए

सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुर र बराहक्षेत्र–७ बाङ्गेबाट नियन्त्रित लागूऔषधसहित दुईजनालाई पक्राउ गरिएको छ ।
प्रहरी चौकी प्रकाशपुरबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा बराहक्षेत्र–१० का २१ वर्षीय मीनबहादुर राईको साथबाट स्पाइसनो–६ टयाब्लेट, नाइट्रोजन–५० टयाब्लेट र डाइजोपाम १६ थानसहित पक्राउ गरेको हो भने प्रहरी चौकी बाङ्गेबाट खटिएको गस्ती टोलीले बराहक्षेत्र–७ बाङ्गेका २३ वर्षीय अनिष विष्टलाई एसपी ९ टयाब्लेट, एमभल्ब १२७ थानसहित पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका दुवैजनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ ४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend