Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ को नाम हिउँदे अधिवेशनबाटः मुख्यमन्त्री राई

हाम्रो कोशी आवाज
माघ ४ २०७८, मंगलबार
प्रदेश १ को नाम हिउँदे अधिवेशनबाटः मुख्यमन्त्री राई

विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लगाउने बताएका छन् ।
मुख्यमन्त्रीको कार्यालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “प्रदेशको नाम प्रदेशसभाले नै टुङ्गो लगाउँछ ।”
मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि सभाको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।
उनले यही माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेशको नाम टुङ्गो लगाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

प्रकाशित मिति: माघ ४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend