Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रबाट गाँजासहित दुईजना समातिए

हाम्रो कोशी आवाज
माघ ५ २०७८, बुधबार
बराहक्षेत्रबाट गाँजासहित दुईजना समातिए

सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट लागूऔषध गाँजा र साइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बराहक्षेत्र–३ का २८ वर्षीय नगेन राई र चौदण्डीगढी नगरपालिका–१ का ३२ वर्षीय नवहाङ किराती राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको क्यु आरटी टोलीले मंगलबार राति चेकजाँचको क्रममा निजहरुबाट ६ केजी लागूऔषध गाँजा र दुईवटा साइकलसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ ५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend