Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लिम्बू र कार्की प्रदेशभरको सर्वोत्कृष्ट प्रहरी घोषित

हाम्रो कोशी आवाज
माघ ५ २०७८, बुधबार
लिम्बू र कार्की प्रदेशभरको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगरः इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा कार्यरत प्रहरी निरीक्षक देउप्रसाद लिम्बू र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान नरबहादुर कार्की प्रदेशभरमा पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुरयाएको भन्दै उनीहरुलाई उत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत नविनराज राईले जानकारी दिए ।
उनीहरुमध्ये लिम्बूले इलाममा १८ वर्षीय किशोरीको हत्या गरी फरार रहेका एकजनालाई २० वर्षपछि पक्राउ गरेका थिए । २०५८ साल माघ ६ गते भएको हत्याको घटनामा संलग्न रहेका इलामको साविक पशुपतिनगर–३ का ४१ वर्षीय ‘गोरे’ भनिने मनकुमार राईलाई घटनाको २० वर्षपछि पक्राउ गरिएको हो ।
इलामकै कन्याम घर भई आफ्नो माइती घर आएको समयमा खुर्पाले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । अनुसन्धानको क्रममा घटनाको प्रकृति र पक्राउ परेका अभियुक्तले दिएको बयानको आधारमा मनकुमारले रोजिना राईको हत्या गरेका खुल्न आएको थियो ।
यस्तै, कार्कीले अनुमति प्राप्त नभएको डुंगा सञ्चालन गरी क्षमताभन्दा बढी यात्रु हालेर लापरवाही गरी सप्तकोशी नदीमा डुंगा चलाएको कारण दुर्घटना भई डुंगा पल्टिँदा १२–१५ जना मानिस बेपत्ता पारेको ज्यानसम्बन्धी कसुर मुद्दामा वारदातपश्चात् ८ वर्षसम्म फरार रहेका प्रतिवादीहरुलाई पक्राउ तथा कानुनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
इलाका प्रहरी कार्यालय पशुपतिनगर, इलाम दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक देउप्रसाद र इलाका प्रहरी कार्यालय वाना, संखुवासभा दरबन्दी भई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान कार्कीलाई उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङकन गर्दै २०७८ साल पुस ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ (घोषणा गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ ५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend