Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा अब खोप लगाएको प्रमाण देखाउनुपर्ने

हाम्रो कोशी आवाज
माघ ५ २०७८, बुधबार
सुनसरीमा अब खोप लगाएको प्रमाण देखाउनुपर्ने

धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले माघ ४ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ ।
विशेषतः सार्वजनिक निकायहरुमा सेवाग्राहीहरुले अनिवार्यरुपमा खोप लगाएको प्रमाण देखाउने (खोप कार्डको मोबाइलमा फोटो भएपनि हुने) व्यवस्था अनिवार्यरुपमा लागू गर्न निर्देश दिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले माघ ४ गतेदेखि अर्को आदेश नभएसम्मका लागि अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेका हुन् ।
खोप प्राप्त गरिसकेका व्यक्तिहरुको अभिलेख राख्न र खोप लगाउन बाँकी रहेकाहरुलाई खोपका लागि अभिप्रेरित गर्ने उद्देश्यले सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य प्रजिअ यादवले बताए । खोप लगाएका व्यक्तिहरु कम जोखिमपूर्ण हुने मान्यता अनुसार खोप कार्डलाई आधारको रुपमा लिइएको पनि उनले बताए ।
‘जहाँसम्म खोप कार्डको विषय छ यो खोप कार्डलाई खोप प्राप्त गरिसकेका व्यक्तिहरु पनि अभिलेखिकृत हुने र खोप प्राप्त गर्न बाँकी व्यक्तिहरु पनि खोप लगाउनलाई उत्प्रेरित गर्ने हिसाबले खोप कार्ड अनिवार्य गरिएको छ र यो खोप कार्डको माध्यमबाट व्यक्तिको जोखिमलाई मध्यनजर गर्दै खोप लगाइसकेका व्यक्तिहरु जोखिमको हिसाबले कम जोखिमपूर्ण हुने भन्ने मान्यताअनुसार खोप कार्डलाई एउटा आधारको रुपमा लिइएको छ । ’ उनले थपे ।
प्रशासनले १२ बुँदे आदेश समेत जारी गरेको छ । आदेशमा मास्कको अनिवार्य प्रयोग, भौतिक दुरी कायमलाई प्राथमिकता दिइएको छ । आदेशमा सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार, ब्युटिपार्लरलगायत माघ १५ गतेसम्म सञ्चालन नगर्ने जनाइएको छ ।
यस्तै, माघ मसान्तसम्म आमसभा, भेला गर्न नपाइने, मठमन्दिर, मस्जित, गुम्बा, चर्चलगायतका काम नगर्न भनिएको छ । आदेशमा सपिङ मल, डिपार्टमेन्ट स्टोर पटकमा २५ जनाभन्दा बढी हुन नहुने समेत जनाइएको छ ।

प्रकाशित मिति: माघ ५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend