Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढ्यो, अब कुनको भाउ कति ?

हाम्रो कोशी आवाज
माघ ५ २०७८, बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढ्यो, अब कुनको भाउ कति ?

धरानः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले भाउ बढाएको हो। माघ ५ गते राति १२ बजेबाट लागू हुनेगरि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साविक मूल्यमा ३ रुपैयाँ बढाइएको छ। अब पेट्रोल प्रतिलिटिर १३९ रुपैयाँ पुगेको छ। डिजेल १२२ रुपैयाँ कायम भएको छ।
यस्तै, आन्तरिक हवाइ इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। समायोजित मूल्य अनुसार प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १०० अमेरिकी डलर बढाइएको छ। नयाँ मूल्य ९९५ अमेरिकी डलर पुगेको छ।
एलपी ग्यासको मूल्य भने बढाइएको छैन। समायोजनपछि पनि निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड घाटा हुने जनाइएको छ।

प्रकाशित मिति: माघ ५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend