ताप्लेजुङः ताप्लेजुङको मेरिङदिन गाउँपालिका–३ मा बिहीबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
ताप्लेजुङको साँवाबाट दोभानतर्फ आउँदै गरेको मे१त ७४६१ नम्बरको ट्याक्टर दिउँसो सवा १ बजे दोभान साँवा सडक खण्डको खाम्लुङमा आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना हुँदा मेरिङदिन गाउँपालिका–१ का ४५ वर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी सोही ट्याक्टरका चालक र सहचालक घाइते भई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाएको तथा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।