Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवा बैंकिङ कसुरमा समातिए

हाम्रो कोशी आवाज
माघ ६ २०७८, बिहिबार
धरानका युवा बैंकिङ कसुरमा समातिए

धरानः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं. ४ पाँचकन्याका ३२ वर्षीय विशाल राई रहेका छन् । प्रतिवादी विशाल भएको बैकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७८ वैशाष १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैयाँ ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
पक्राउ परेका राईलाई बिहीबार सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: माघ ६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend