खोटाङ : कोरोना भाइरस (कोभिड १९) का संक्रमित बढेसँगै सुप्रसिद्ध त्रिधार्मिक स्थल तपोभूमी हलेसी मन्दिर बन्द गरिएको छ।
जिल्लामा लगातार कोभिडका संक्रमितको सङ्ख्या उकालो लागेसँगै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिर आजबाट बन्द गरिएको हो।
कोभिडलाई थप फैलिन नदिनका लागि मन्दिर बन्द गर्ने निर्णय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए। राईका अनुसार दर्शनार्थीका लागि मन्दिर बन्द गरिए पनि मन्दिरमा साँझ बिहानको नित्य पूजा भने नियमित हुनेछ। यसअघि कोरोनाको दोस्रो लहरमा बन्द गरिएको मन्दिर ८ महिनापछि गत भदौमा खोलिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले बताए।