Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

करेन्ट लागेर युवाको मृत्यु

हाम्रो कोशी आवाज
माघ ७ २०७८, शुक्रबार
करेन्ट लागेर युवाको मृत्यु

विराटनगरः मोरङको रतुवामाई नगरपालिका–९ स्थितमा पानी तान्ने ट्युवेलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पूर्व रुकुम घुमे गाउँपालिका–७ का २५ वर्षीय मदन श्रेष्ठ रहेका छन् । रतुवामाई–९ स्थित बक्राहा खोलाको निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउँदा करेन्ट लागि घाइते भएका थिए ।
तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ ७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend