सुनसरीः सुनसरीमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या भएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको ज्यान गएको हो । भोक्राहा-१ का लालुप्रसाद उरावले धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमती चन्द्रकला उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
उनले श्रीमतीको घाँटीमा धारिलो हतियार प्रहार भएको पाइएको जानकारी दिए । धारिलो हतियारको प्रहारबाट चन्द्रकलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले लालुप्रसादलाई पक्राउ गरिसकेको जनाएको छ । आपसी विवाद बढ्दै जाँदा घटना घटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले धारिलो हतियार तरबार प्रहार गरेको खुल्न आएको छ ।