विराटनगरः मोरङको विराटनगर महानगरपालिका १९ घर भई जहदा गाउँपालिका–३ जयरामपुरमा बस्ने ४० वर्षीय अशोक ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ ।
आइतबार बिहान पौने ८ बजे कटहरी गाँउपालिका–३ स्थितमा रहेको नहरको पानीमा डुबेर उनको मृत्यु भएको हो । घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय विराटनगर (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ छ ।