विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका–४ मा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।
कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले होटल सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई गरेको छ । दुईजना फरार छन् ।
मोरङका एसपी जनार्दन जिसीका अनुसार करिब ३० वर्षकी महिला बलात्कारमा परेकी हुन् । इटहरीबाट बहिनीको घर गछिया भन्ने ठाउँ जाँदै गर्दा उनी बलात्कारमा परेको जिसीले बताए ।
बलात्कारपीडित महिलाले गत शुक्रबार इटहरीबाट गछियास्थित बहिनीको घर जाँदै गर्दा बाटो भुलेकी थिइन् । बाटो सोध्ने क्रममा रामबहादुर नेपालीले बहिनीको घर पुरयाइदिने भन्दै प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर सुन्दरहरैचा नगरपालिका–४ स्थि एक होटलमा पुरयाएर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । ती महिलालाई रातभर होटलमा राखेर बलात्कार गरेका थिए । बलात्कारमा परेकी महिलाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
सुन्दरहरैंचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर महिलामाथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङले जानकारी दिए ।
ती महिला इटहरीस्थित एउटा घरमा काम गर्न आएकी थिइन् । काम सकेर सुन्दरहरैंचाकै गछियास्थित बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई बलात्कारमा संलग्नमध्ये रामबहादुरले शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर गछियाबाट लगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इटहरीबाट गाडीमा आएर गछियामा ओर्लिएपछि उनले बहिनीको घरको लोकेसन अर्को गाडीमा रहेका रामबहादुरलाई सोधिन् । बहिनीको घर पुरयाइदिन्छु भन्दै गाडीमा राखेर होटलमा लगेको पाइएको प्रहरीले जनाएको छ ।
चिकित्सकका अनुसार बलात्कार गरेर उनको यौनाङ्ग क्षतिविक्षत बनाइएको छ । बलात्कार गर्न नदिएर महिलाले प्रतिकार गरेपछि अर्जुनले हातभित्र छिएर महिलाको यौनाङ्ग नै क्षतिविक्षत बनाइदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार अत्याधिक रक्तश्राव भएकी महिलाको यौनाङ्ग क्षतिविक्षत हुनुका साथै शरीरभरि नीलडाम र चोटपटक छ । डिएसपी मुकारुङका अनुसार सामूहिक बलात्कार भएको घटना प्रत्यक्ष देखेकी युवतीले पीडित महिलाले चिच्याएर हारगुहार गर्दा पनि प्रहरीलाई खबर नगरेको पाइएपछि उनलाई समेत पक्राउ गरिएको छ । महिलाका ४ वर्ष र १७ महिनाका दुईजना छोरी छन् । प्रहरीका अनुसार महिलालाई बेहोस बनाउने वस्तु सुँघाएर र खुवाएर लठ्याएपछि बलात्कार गरिएको हुनसक्छ ।
उपचारमा संलग्न प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रिभा केसीले पीडित महिलाको यौनाङ्ग क्षतिविक्षत रहेको बताइन् । प्रहरीले घटनाका दोषीविरुद्ध जबरजस्ती करणीलगायतका मुद्दा चलाउने भएको छ ।