Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ओभरटेकले लियो ज्यान

हाम्रो कोशी आवाज
माघ १० २०७८, सोमबार
सुनसरीमा ओभरटेकले लियो ज्यान

सुनसरीः सुनसरीमा बसको ठक्करले एकजनाको मृत्यु भएको छ ।
बसले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको र तेह्रथुम साब्लाका बमबहादुर लिम्बूको ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
आइतबार साँझ इटहरी–१० पुरानो ट्रान्सपोटअगाडि कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१ख ६१६२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को११प ७९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सवारी दुर्घटनामा मोटरसाइकल चालक तेह्रथुम साब्ला–२ बस्ने वर्ष ५४ को लिम्बू गम्भीर घाइते भई उपचारको लागि एपेक्स अस्पताल इटहरी पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
शवको पोष्टमार्टमका लागि धरानस्थित बीपी प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । बस र चालक झापा चुलाचुली गाउँपालिका १ बस्ने वर्ष २५ को भुवनकुमार विष्ट प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रकाशित मिति: माघ १० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend