Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हत्या गरी घरभित्रै शव गाडेको अवस्थामा शव फेला

हाम्रो कोशी आवाज
माघ १० २०७८, सोमबार
हत्या गरी घरभित्रै शव गाडेको अवस्थामा शव फेला

धनकुटाः धनकुटामा एक महिलाको शव घरभित्र पुरेको अवस्थामा फेला परेको छ ।
धनकुटा–४ की ५२ वर्षीया सीता श्रेष्ठको शव घरभित्र नै पुरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सुरज कार्कीले जानकारी दिए । उनका अनुसार घरको भुइँतलामा पुरेको अवस्थामा शव फेला पर्नुका साथै शरीरमा चोट र शव गलेको अवस्थामा भेटिएको छ ।
सीताको हत्या घरायसी विवादको क्रममा उनका श्रीमान ५२ वर्षीय सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले बताए । श्रीमतीको हत्या गरी घरभित्र शव पुरेर फरार रहेका सीतारामलाई फक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि सोमबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । गत पुस १६ गतेदेखि हराइरहेको उनी हराएको भन्दै पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको उनले जानकारी दिए ।

प्रकाशित मिति: माघ १० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend