Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हात्तीको आक्रमणबाट मृत्यु

हाम्रो कोशी आवाज
माघ १२ २०७८, बुधबार
हात्तीको आक्रमणबाट मृत्यु

दमकः दमकमा हात्ती आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
दमक-३ गोलाटारका ६३ वर्षीय गणेशप्रसाद अधिकारीको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्तकुमार पाठकले जानकारी दिए ।
मङ्गलबार राति करिब ८ बजेतिर वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको हो।  हुम्सेदुम्से सामुदायीक वनबाट आएको जंगली हात्तीले आक्रमण गरी लछारपछार पार्दा अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो ।  उक्त क्षेत्र हात्ती प्रभावित क्षेत्र पनि हो। यहाँ हात्ती दिनहुँजसो गाउँमा निस्किने गरेको स्थानीयबासी बताउँछन्।

प्रकाशित मिति: माघ १२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend