Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ : मतदान शुरु, गठबन्धन र एमाले भिड्दै

हाम्रो कोशी आवाज
माघ १२ २०७८, बुधबार
प्रदेश १ : मतदान शुरु, गठबन्धन र एमाले भिड्दै

विराटनगरः प्रदेश नम्बर–१ मा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ ।
विराटनगर बाली संरक्षण केन्द्र र प्रदेश निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो । मुख्यमन्त्री राजेन्द्र राईसहित प्रदेश सरकारका मन्त्रीहरूले मतदान गरेका छन् ।
राष्ट्रियसभा सदस्यका लागि ८ जना उमेद्वार चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धनका तर्फबाट खुलामा नेपाली कांग्रेसका गोपाल बस्नेत, महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई र अल्पसंख्यक वा अपांगता भएका कोटातर्फ जनता समाजवादी पार्टी (जसपा)का हेमराज राई उमेदवार छन् ।
प्रतिपक्षी नेकपा (एमाले)का तर्फबाट खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा उमेदवार छन् ।

प्रकाशित मिति: माघ १२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend