Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राष्ट्रियसभामा प्रदेश १ बाट कांग्रेसका बस्नेत निर्वाचित

हाम्रो कोशी आवाज
माघ १२ २०७८, बुधबार
राष्ट्रियसभामा प्रदेश १ बाट कांग्रेसका बस्नेत निर्वाचित

विराटनगरः प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट बिजेताको टुंगो लगाइएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार उम्मेदवारको बराबर मत आए गोलाप्रथाबाट निर्णय हुने व्यवस्था थियो । ऐनको दफा ५८ मा मत बराबर भए गोला हाली निर्णय गर्ने उल्लेख गरिएको थियो ।
एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका थिए । बुधबार साँझ सम्पन्न मतगणनामा बराल र बस्नेतको मत बराबरी आएको हो । एमालेबाट सोनाम ग्याल्जेन शर्मा र नेकपा एकीकृत समाजवादीबाट जयन्ती राई विजयी भएका हुन् । राप्रपाका अमरबहादुर थापाले प्रदेशमा २ र स्थानीय तहमा ४ मत प्राप्त गरे ।
यसअघि अल्पसंख्यक कोटाबाट एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजयी भइसकेका छन् । एमालेका नेता शेर्पाले गठबन्धनका उमेदवार हेमराज राईलाई पराजित गर्दै विजयी भएका थिए । अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका शेर्पाले ४ हजार ७ सय ५२ मत प्राप्त गरे। गठबन्धनका तर्फबाट उम्मेदवार राईले ४ हजार ३ सय ६८ मत प्राप्त गरे ।
उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन् । उनको मतभार ४ हजार ३ सय ६२ पुगेको छ । राप्रपाकी रञ्जु प्याकुरेलले प्रदेश सभामा १ र स्थानीय तहमा ४ गरी १२० मतभार प्राप्त गरिन् ।

प्रकाशित मिति: माघ १२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend