Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भीरबाट लडेर भेडा गोठालाको मृत्यु

हाम्रो कोशी आवाज
माघ १३ २०७८, बिहिबार
भीरबाट लडेर भेडा गोठालाको मृत्यु

संखुवासभा: संखुवासभामा भीरबाट लडेर एकजनाको ज्यान गएको छ ।
मकालु गाउँपालिका–४ मा भीरबाट लडेर भोटखोला गाउँपालिका–५ तुङ्खालिङका ५२ वर्षीय बलबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
भेडा चराउन गएका राईको मकालु–४ पावाखोला निवारे भीरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । भेडा चराउन गएका राई मंगलबारदेखि फर्केर नआएपछि खोजी गर्दा मकालु–४ पावाखोला निवारेमा भीरबाट लडेर मृत अवस्थामा स्थानीयले फेला परेको थिए ।
मृतक राई केही महिना यता मकालु–४ बैदेका गंगाबहादुर गुरुङको भेडी गोठमा काम गर्दै आएका थिए । घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय हेदाङनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रकाशित मिति: माघ १३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend