Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा प्रहरी र सर्वसाधारणको सवारी जुधे

हाम्रो कोशी आवाज
माघ १३ २०७८, बिहिबार
सुनसरीमा प्रहरी र सर्वसाधारणको सवारी जुधे

सुनसरी : सुनसरीमा मोटरसाइकल र स्कुटी जुध्दा एकजना गम्भीर घाइते भएका छन् ।
बुधबार राति करिब ७ बजे सो दुर्घटना भएको हो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार गढी गाउँपालिका भोटिया पुलको छेउस्थित दुहबी–इनरुवा सडक खण्डमा सो दुर्घटना भएको हो ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को३७प २९९५ नम्बरको नम्बरको स्कुटी र सोही दिशाबाट जाँदै गरेको को२०प २८८७ नम्बरको मोटरसाइकल एक आपासमा ठोक्किन पुगेका थिए ।
दुर्घटनामा स्कुटर चालक सशस्त्र प्रहरी बल १ बराह बहानी पकलीमा कार्यरत सहायक प्रहरी नायव निरीक्षक गणेशबहादुर खड्का गम्भीर घाइते बनेका छन् । उनको विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको छ । मोटरसाइकल चालकको नाम, थर, वतन नखुलेको र फरार भएकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन प्रहरी चौकी औरावनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटनाको भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ १३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend