Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जीप दुर्घटनामा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
माघ १३ २०७८, बिहिबार
जीप दुर्घटनामा दुईजनाको मृत्यु

इलामः इलाममा पिकअप जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
बिहीबार बिहान जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर झापाको मेचीनगर-४ बस्ने वर्ष ५५ का रमेश थापा र वर्ष ४० का सूर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए । उनीहरु दाजुभाइ रहेको प्रहरीले जनाएको छ । उनीहरु काम विशेषले इलाम हिँडेको प्रहरीले जनाएको छ ।
झापाबाट इलाम आउँदै गरेको प्रदेश १-०१-००१ च ७९१६ नम्बरको पिकअप आफैं अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको थियो । जीप चालक मेचीनगर-४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भीर घाइते भएको र उनको झापाको बिएण्डसी अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान ६ बजे भएको जनाइएको छ ।

प्रकाशित मिति: माघ १३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend