Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सामूहिक बलात्कारको आरोपमा समातिएका होटल सञ्चालकसहित तीनजना सार्वजनिक

हाम्रो कोशी आवाज
माघ १३ २०७८, बिहिबार
सामूहिक बलात्कारको आरोपमा समातिएका होटल सञ्चालकसहित तीनजना सार्वजनिक

विराटनगरः मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैंचा नगरपालिका ४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जबरजस्ती करणी गरेको अभियोगमा सोही होटल सञ्चालकसहित तीनजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलिया चौकका होटल सञ्चालक ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ वर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् ।
उनीहरुले गत ७ गते बेलुका साढे ५ बजे महिला इटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुरयाइदिन्छु भनी गाडीमा चढाएर सो होटलमा पुरयाइ जबरजस्ती करणी गरेको खुल्न आएको छ ।
गत ८ गते सो घटनाको जानकारी पाएको ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल सञ्चालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठ नियन्त्रणमा लिएको थियो । तत्काल सो घटना घटाइ फरार रहेका रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई भने गत ११ गते इलाम सूर्योदय नगरपालिका १२ तीनघरेमा लुकीछिपी बसेको अवस्थामा १ नं प्रदेश प्रहरी कार्यालय आरआइटी र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
पक्राउ परेका तीनै जना उपर जबरजस्ती करणी मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
मोरङका एसपी जनार्दन जिसीका अनुसार उनीहरुले अपरण शैलीमा होटलमा लगेर जबर्जस्ती गरेको पाइएको छ ।
कामबाट फर्कने क्रममा अपहरण शैलीमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले होटल सञ्चालक ३६ वर्षीय अर्जुनलाई यसअघि नै पक्राउ गरेको थियो भने दुईजना फरार रहेका थिए । करिब ३० वर्षकी महिला बलात्कारमा परेकी हुन् । बलात्कारमा परेकी महिलाको कोशी अस्पताल विराटनगरमा उपचारपछि सामान्य अवस्थामा फर्किसकेकी छिन् ।
चिकित्सकका अनुसार बलात्कार गरेर उनको यौनाङ्ग क्षतिविक्षत बनाइएको थियो । बलात्कार गर्न नदिएर महिलाले प्रतिकार गरेपछि अर्जुनले हातभित्र छिएर महिलाको यौनाङ्ग नै क्षतिविक्षत बनाइदिएको प्रहरीको अनुसन्धानले देखाएको जनाइएको छ । महिलाका ४ वर्ष र १७ महिनाका दुईजना छोरी छन् ।

प्रकाशित मिति: माघ १३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend