भोजपुरः खैरो हेरोइन (ब्राउन सुगर)सहित दुईजना पक्राउ परेका छन् ।
भोजपुरबाट धरान आउँदै गरेको ट्रकमा ब्राउनसुगर भेटिएपछि मालबाहक ट्रक चालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका घर भई मोरङको केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका–५ का ३७ वर्षीय दलबहादुर मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुर उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले जानकारी दिए । उनीहरूको साथबाट करिब दुई ग्राम एक मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६०० रूपैयाँ नगद बरामद गरेको अधिकारीले जानकारी दिए ।
भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थामा भेटिएको उनले जानकारी दिए ।